Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • वार्षिकोत्सवमा सबै ग्राहकलाई उपहार दिँदै एनसेल, ७ जनाले स्कुटर जित्नसक्ने

    वार्षिकोत्सवमा सबै ग्राहकलाई उपहार दिँदै एनसेल, ७ जनाले स्कुटर जित्नसक्ने

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ ।

    सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा संचालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ । सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवादेखि नेपाली व्यवसायहरुलाई उनीहरुका सञ्चार आवश्यकताहरु पुरा गर्न नवीनतम सेवाहरु प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको छ ।



    वार्षिकोत्सवको अवसरमा एनसेलले प्रत्येक ग्राहक विजेता बन्ने गरी एभ्री कस्टमर इज अ विनर अफर ल्याएको छ । कम्पनीका अनुसार उक्त अफरमा सबै ग्राहकले २८ दिनसम्म केही न केही सुविधा र सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन् । एस्ट्रिक्स १७११७ ह्यास डायल गरी ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । एनसेलका अनुसार प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सातजना ग्राहकले ७ वटा स्कुटर पाउनेछन् ।



    एनसेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी र थिम ‘हामी तपाईं कै लागि’अन्तर्गत एनसेलले राष्ट्रिय पारालम्पिक समिति, नेपालसँग सहकार्यको घोषणा पनि गरेको छ । जसअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई वर्षभरको समग्र तालिम र विकासका लागि आवश्यक पर्ने आहार तथा पोषण सुनिश्चित गर्न सहयोग प्रदान हुनेछ।’

    No description available.

    यसका साथै एनसेलले १८औं वार्षिकोत्सवको उपलक्ष्यमा एटिन फर एटिन अर्थात १८ का लागि १८ कार्यक्रम पनि सुरु गरेको घोषणा गरेको छ । यसअन्तर्गत कम्पनीले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ-आफ्नो स्थानीय समूदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ । निश्चित मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना १० लाख रुपैयाँ प्रदान गर्नेछ ।

    एनसेल मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ जाब्बोर कायुमोभले एनसेलको १८ वर्षको यात्राका बारेमा उत्साह प्रकट गरेका थिए ।

    कायुमोभले एनसेलको १८ वर्षको उल्लेखनीय यात्राका बारेमा आफ्नो उत्साह र भावनाहरू प्रकट गर्दै भने,’१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं । एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेबार बनेका छौं । बहुसंख्यक नेपालीहरूका लागि पाउन कठिन हुने सेवा र सुविधाहरुमा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुनेछ । एनसेल इज ‘हामी तपाईंकै लागि’ अर्थात हामी तपाईंकै लागि हौं र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौं ।’

    नयाँ यात्राको शुरुवातसँगै एनसेलले आफ्नो ब्रान्डको वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि ‘हामी तपाईकै लागि’ थिमको घोषणा गरेको छ । यस थिम अन्तर्गत एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा सामुदाय स्तरमा सार्थक प्रभाव पार्न श्रृङ्खलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरुको घोषणा गरेको छ ।

    No description available.

    वार्षिकोत्सवकै दिन कम्पनीले देशभर आफ्ना एनसेल सेन्टर र प्वाइन्ट अफ सेलहरूमा आउने ग्राहकलाई उपहार दिएको थियो । सबै महिला कर्मचारीले सञ्चालन गरेको काठमाडौं महाराजगन्जको एनसेल सेन्टरमा भेटिएका ग्राहकले रोमिङ सेवा सुधारमा ध्यान दिन कम्पनीलाई सुझाव दिएका थिए ।

    विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । सबै भन्दा ठूलो करदाता मध्ये एकका रूपमा, एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पु¥याउँदै आएको छ र आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८/७९ सम्ममा कर र शुल्कहरु बापत रु २ खर्ब ८३ अर्ब भन्दा बढि तिरि सकेको छ ।

    एनसेल सेवाले दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने काम मात्रै नभएर देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) इकोसिस्टमको एक अभिन्न अंग बनेर देशको सामाजिक–आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । जीएसएम मोबाइल सेवामा सहज र सुलभ पहुँच, थ्रीजीको सुरुवात, एनसेल कनेन्छ मोबाइल ब्रोडब्यान्ड, प्याकमा आधारित भ्वाइस र डेटा सेवा, रु. १.९९ मा देशभर एकै कल दर, चौथो पुस्ताको फोरजी सेवा, एनसेल फर बिजनेश (एनफरबी), भारत, अमेरिका र क्यानडामा स्थानीय कल दर, सजिलो रोमिङ, एनसेल सापटी, ट्वीटर र वीकीमा निःशुल्क पहँच एनसेलका केही प्रमुख कोसेढुङ्गाहरू हुन् जसले नेपालको दूरसञ्चार क्षेत्रमा व्यापक परिवर्तनहरु ल्याएका छन् ।

    वार्षिक उत्सवकै अवसरमा हामी तपाईंकै लागि थिम अनुरुप एनसेलले आफ्नो सीईओ जाब्बोरको इन्स्टाग्राम खाता @ncellceo खोलेको र सो खातामार्फत सर्वसाधारणले सीईओसँग सिधै सम्पर्क गर्न सक्ने घोषणा पनि गरेको छ । साथै, एनसेलका सीईओको इमेल [email protected]  मार्फत पनि सीईओसँग कुनै गुनासाहरु भए सिधै राख्न सकिने छ । यसरी आफ्नो सीईओसँग ग्राहकको सिधै पहुँच सुनिश्चित गराउने एनसेल नेपालको सम्भवत पहिलो कर्पोरेट हाउस हो । ‘ग्राहकहरूले मसँग सीधै सम्पर्क गर्न सक्छन् र यसरी सम्पर्कमा आउने ग्राहकहरुका कुराहरु सम्बोधन भए नभएको हाम्रो सम्बन्धित टोलिले सुनिश्चित गर्नेछ । यसले ग्राहकको अनुभवलाई अझ सुधार गर्नुको साथै थप विश्वास र पारदर्शिताको संस्कृति निर्माण गर्न योगदान गर्नेछ,’ जाब्बोरले भने ।

    हामी तपाईंकै लागि थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिने एनसेलले जनाएकाे छ । मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायतका कार्यक्रमहरु आयोजना गरिनेछन् । आइतबार (सेप्टेम्बर १७) कै दिन एनसेल व्यवस्थापनका उच्चपदस्त अधिकारीहरु र अन्य कर्मचारीहरु ग्राहकहरूसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार