Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनसेल छानबिन समितिले तयार पार्‍यो प्रतिवेदन

    एनसेल छानबिन समितिले तयार पार्‍यो प्रतिवेदन

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 495
    SHARES

    काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ ।

    डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रतिवेदन तयार पारेको हो ।



    प्रतिवेदन तयार भएसँगै समितिले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउने भएको छ ।



    सरकारलाई जानकारी नै नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो ।

    सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो ।

    मङ्सिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार