Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एनसेलले अब प्राकृतिक प्रकोपको पूर्वसूचना दिने

    एनसेलले अब प्राकृतिक प्रकोपको पूर्वसूचना दिने

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 489
    SHARES

    काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा.जगदिश्वर कर्माचार्यले एनसेलको कर्पोरेट कार्यालय लैनचौरमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।



    यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरूका बारेमा पूर्वसूचना प्रवाह गर्ने भएको छ। यस सम्बन्धमा बुधवार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।



    यो समझदारी पत्र अनुसार एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणालीअन्तर्गत अब १३ वटा प्रकोपहरूका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ।

    ती १३ प्रकोपहरूमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषणलगायत रहेका छन्।

    सहकार्यका बारेमा आफ्नो उत्साह व्यक्त गर्दै महानिर्देशक कर्माचार्यले भने, ‘पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्वसूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिन चाहन्छु। कुनै प्राकृतिक विपद् घट्नु भन्दा अगावै प्राप्त हुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ। ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरुप पूर्व सूचना प्रवाहकालागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो। थप १० मौसममा आधारित जोखिमहरूलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहकालागि गरिएको यो सहकार्य एक अर्को कोशेढुंगा हो। एनसेल र अन्य साझेदारहरूसँगको सहकार्यमा गरिएको कार्यले जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौं मानिसहरूको जीवन रक्षा गर्न सफल भएका छौ। बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानविय क्षति भने धेरै कम भएको छ र यो हामी सबैको सहकार्यले गर्दा सम्भव भएको हो। यसका लागि एनसेलको योगदानको कदर गर्न चाहन्छु।’

    एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरूलाई पूर्व सूचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा गौरवान्वित भएको बताए।

    उनले भने, ‘हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घता अनुरुप गरिएको यो कार्य एक कोशेढुंगा हो। सन् २०१६ देखि पूर्व सूचना प्रणालीलाई अघि बढाउँदै आएका छौं र आम नेपाली जनमानसलाई यस प्रणाली मार्फत सम्भावित विपद्बाट जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ। एनसेल र विभागको यो सहकार्य सार्वजनिक निजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरू गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण हो। एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरूमा सहकार्य गर्न हामी तत्पर छौँ।’

    पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरूलाई सम्भावित जोखिमका बारेमा सुचित गर्दै आआफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिने बताइएको छ।

    सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरी बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गदै आएको छ। २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार