Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने

    एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 447
    SHARES

    काठमाडौं । एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा एक हजार एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्नेछन् ।

    एनसेल आजियाटाले मंगलबार पुस २४ देखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत दिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको हो ।



    यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा एक हजार एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्नेछन् ।



    यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्नेछ ।

    बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ ।

    एनसेल सापटीमार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्सबाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुने एनसेलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार