Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एनसेल खरिद-बिक्री प्रकरण : छानबिन समितिले प्रधानमन्त्री प्रचण्डलाई बुझायो प्रतिवेदन

    एनसेल खरिद-बिक्री प्रकरण : छानबिन समितिले प्रधानमन्त्री प्रचण्डलाई बुझायो प्रतिवेदन

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 453
    SHARES

    काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन एवं अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

    मंसिर २१ को मन्त्रिपरिषद् बैठकले गठन गरेको ५ सदस्यीय छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको हो । करिब २ महिना लामो छानबिन र अध्ययनपछि प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको छ ।



    एनसेलको मुख्य कम्पनी आजियाटाले गएको डिसेम्बर १ मा आफ्नो सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो । हालसम्म कम्पनीले सेयर खरिदबिक्रीका निम्ति प्राधिकरणबाट स्वीकृति भने लिएको छैन ।



    मलेसियाली कम्पनी आजियटाले आफ्नो सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको नाममा रहेको स्पेक्ट्रलाइटलाई बिक्री गरेका थिए ।

    दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद(बिक्रीमा चलखेल गरिएको भन्दै रिोध भएको थियो । त्यसपछि सरकारले ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार