Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनको कामलाई अवरोध गर्न लिङ्देनका कार्यकर्ताद्धारा गाडीमा घाँस हालेर बिरोध प्रर्दशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को कार्यालयमा डोजर चलाउने तयारी गरेपछि कार्यकर्ताले अवरोध सिर्जना गरेका छन् ।

महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरूले सडकमा गाडी राखेर अवरोधसमेत गरेका छन् । डोजर जाने बाटोमा कार्यकर्ताले गाडी तेर्स्याएर अवरोध सुरु गरेका छन् ।

बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबार समय दिएको थियो। तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको छ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अवैध संरचनामाथि आक्रमक बनेका बेला उनको कामलाई रोक्न राप्रपाका कार्यकर्ताले विरोध गरेका छन् ।

कार्यालय हटाउन सोमबारसम्मको अल्टिमेटम दिएको महानगरको टोलीले धुम्बाराहीस्थित कार्यालय हटाउन जाने तयारी गरेको छ ।

अटेरी गरे डोजर नै चलाउने तयारी महानगरले गरेको चाल पाएपछि राप्रपा समर्थकहरूले गाडीमा घाँस राखेर बिरोधमा उत्रिएका छन् । राप्रपा कार्यकर्ताले कार्यालय जाने बाटोमा कारलाइ तेर्स्याइएर बाटो बन्द गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077