Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सिरहाको गोलबजारमा युवकको शव फेला

सिरहा। सिरहाको गोलबजारमा एक युवकको शव फेला परेको छ ।

गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो ।

शवको सनाखत भने भएको छैन । युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहा प्रहरीले जनाएको छ ।

आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077