Online Nepal
  • शनिबार, १० साउन २०८२
  • सिरहाको गोलबजारमा युवकको शव फेला

    सिरहाको गोलबजारमा युवकको शव फेला

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 780
    SHARES

    सिरहा। सिरहाको गोलबजारमा एक युवकको शव फेला परेको छ ।

    गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो ।



    शवको सनाखत भने भएको छैन । युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहा प्रहरीले जनाएको छ ।

    आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार