Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महिला टी–२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला टी–२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

बन्द प्रशिक्षणका लागि नेपालले २४ जना खेलाडी छनोट गरेको छ। रुबिना क्षेत्री, सिता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्मचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम र काजोल श्रेष्ठ बन्द प्रशिक्षणका लागि छनोट भएका छन्।

यस्तै सम्झना खड्का, इश्वरी विष्ट, ज्योती पान्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोदार, खुसी डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, सृष्ठी जैसी र स्नेहा महरा पनि टोलीमा छन्।

नेपाली महिला टिमकी पहिलो ब्याचकी खेलाडी तथा पूर्व कप्तान थापाले पनि पुनरागमन गरेकी छिन् ।

मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका लागि अगष्ट २८ देखि सेप्टेम्बर ९ (भदौ ११ देखि २३) गतेबाट प्रतियोगिता सुरु हुँदैछ । नेपाली महिला टिमले समूह ‘ए’ मा रहेर बहराइन, भुटान, मलेसिया, कतार र यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077