Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुन तस्करीको विषयमा अनुसन्धान गर्न सरकार तयार छैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने एमालेको अडान कायमै रहेको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् । सचेतक बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने एमालेको माग सरकारले अस्वीकार गरेकै कारण सदनको गतिरोध लम्बिएको आरोप लगाए।

सचेतक बर्तौलाले सरकारका कारण सदनको गतिरोध लम्बिएको आरोप लगाए। उनले सरकार एमालेले राखेको माग सुनुवाइको पक्षमा नभएको बताए।

सचेतक बर्तौलाले सदन सूचारु गरेर एमालेले आफ्नो धारणा राख्ने र सम्बन्धीत मन्त्रीहरूको जवाफका आधारमा आगामी कदम चाल्ने तयारी गरेपनि सरकार पक्ष नै सूचना टाँस गरेर सदन स्थगित गर्ने पक्षमा देखिएको बताए।

कार्यव्यवस्था परामर्श समितिमा पनि कुनै पनि हालतमा उच्चस्तरीय छानविन समिति नबनाउने अडान सरकार पक्षले राखेको उनले बताए। प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको थियो।

हिजो पनि एमालेले छानविन समिति बनाउनुपर्ने र गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने भन्दै सदन अवरोध गर्ने भएपछि बस्दै नबसी आजलाई सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077