Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संवैधानिक परिषद् बैठक बिहीबार बस्ने गरी स्थगित

काठमाडौं । संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ ।

तर बिहीबार अपराह्न ५ बजे बस्ने परिषद्को बैठकमा संवैधानिक निकायमा रिक्त रहेका पदमा नामबारे छलफल गर्ने सहमति भएको हो ।

आजको बैठकमा कसैको पनि नाममा प्रवेश नगरिएको बताइएको छ । प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बसेको बैठक नाममा प्रवेश नै नगरी स्थगित भएको हो ।

साउन २० गतेदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदै छ । उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएकाले न्यायालय फेरि कायममुकायमले चलाउने अवस्था बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077