काठमाडौं । सरकारले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विधेयक समितिबाट आएको उक्त ऐन संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त २० करोड २२ लाख अनुदान स्वीकृति गर्ने निर्णय गरेको छ ।
मन्त्री शर्माका अनुसार बैठकमा समसमायिक विषयबस्तुमा पनि छलफल भएको थियो ।