Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनका विषयमा सहमति खोज्ने कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनमा रहेका विषयवस्तुमा सहमति खोज्ने निष्कर्ष निकालेको छ ।

सिंदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेस शीर्ष नेता, पदाधिकारी तथा सम्बन्धित समितिमा रहेका सांसदहरूसँगको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई अघि बढाउन यसमा देखिएका जटिलता र विषयवस्तुमा सहमति खोज्ने बिषयमा कुराकानी भएको बताइएको छ ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई यथासिघ्र सदनबाट पारित गर्नुपर्ने अवस्था रहेको भन्दै विवादीत बिषयमा समेत सहमति खोजिने छ ।

विश्वकर्माले सबैको स्वीकार्यमा नै कानुन ल्याउने प्रयत्न भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077