Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकार तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षणमा लाग्यो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षणमा लागेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले स्वाभाविक रूपमा राजश्व कम उठ्नुमा सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै गएको बताएका हुन् । महासचिव पोखरेलले सरकारले नियोजित रूपमा तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षण गरिरहेको उल्लेख गरेका छन्।

‘यतिबेला स्वाभाविक रूपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रूपमा तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादलाई संरक्षण गर्नुको परिणाम हो।’ उनले लेखेका छन्, ‘सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पुँजीगत खर्च कम हुन गै समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ। तर सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन।’

अर्थतन्त्र सुधार गर्न सबै सरोकार पक्षको ध्यान जानु पर्ने महासचिव पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077