Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अपराध र तस्करीमा नयाँ–नयाँ प्रविधिको प्रयोग भयो, प्रविधि अपग्रेड गर्न आवश्यक छ : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अपराध र तस्करी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेको बताएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको अनुगमन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । उनले अपराध र तस्करी रोक्न भन्सार विन्दुको प्रविधि प्रणाली समय सापेक्ष अपग्रेड हुन आवश्यक रहेको बताए ।

उनले एकले अर्कोसँग समन्वय गर्न पनि भन्सार कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिए ।

सो अवसरमा मन्त्री डा. महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा के कस्ता प्रक्रिया पूरा गर्नुपर्ने र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077