Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्ष सीकेलाई प्रधानमन्त्री बनाउने गरी 'मिसन ८४' अभियान चलाउने जनमतको निर्णय

काठमाडौ । जनमत पार्टीले २०८४ मा अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी 'मिसन ८४' अभियान चलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय समिति, सचिवालय, राज्यसमिति, केन्द्रीय कार्यकारिणी गरी चारवटै समितिको संयुक्त बैठकले २०८४ को निर्वाचनलक्षित अभियान चलाउने निर्णय गरेको हो ।

पार्टी उपाध्यक्ष अब्दुल खानका अनुसार २०८४ मा राउतलाई नै प्रधानमन्त्रीको रूपमा अघि बढाएर चुनावमा होमिने निर्णय भएको छ ।

२०८४ को निर्वाचनलाई कसरी सफल बनाउने र विजयी हासिल गर्ने भनेर एजेन्डामा सहमति भएको छ । जसका लागि 'मिसन ८४' भनेर ग्रासरुटसम्म पुग्ने संगठन सुदृढीकरण र विस्तार गर्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077