Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ जनादेशका लागि संसद् भंग गर्ने पाकिस्तानी प्रधानमन्त्री शहबाजको घोषणा

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गरेका छन् । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गरेका हुन् ।

गए राति पार्टीका वरिष्ठ नेता तथा सांसदसँगको छलफलपछि प्रधानमन्त्री शरिफले अर्को हप्ता अगस्ट ९ तारिखमा राष्ट्रियसभा भङ्ग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र विघटन कार्यान्वयनका लागि सिफारिसमा हस्ताक्षर गर्नुपर्छ ।

संसद् विघटनको सिफारिससँगै चुनावका लागि कार्यवाहक प्रधानमन्त्री पनि तोक्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077