Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी नौसेनाका दुई जना पक्राउ

    चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी नौसेनाका दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 555
    SHARES

    संकेतिक तस्विर

    एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा दुई अमेरिकी नौसेना नाविकलाई चीनलाई संवेदनशील सैन्य जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ गरिएको छ ।

    २२ वर्षका अमेरिकी नागरिक जिनचाओ वेईमाथि एक चिनियाँ एजेन्टलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी दिएको आरोप छ ।



    यस्तै, २६ वर्षीय वेनहेङ चाओलाई संवेदनशील फोटो र भिडियोका लागि पैसा लिएको आरोपमा पक्राउ गरिएको हो। दुबै जना एउटै चिनियाँ एजेन्टसँग सम्पर्कमा थिए वा थिएनन् भन्ने कुरा अहिले स्पष्ट छैन ।



    यी दुईलाई बुधवार नौसेना बेस स्यान डिएगोमा काम गर्न जाँदै गर्दा पक्राउ गरिएको थियो । वेई यूएसएस एसेक्समा काम गर्थे र जहाज बारे संवेदनशील जानकारीको पहुँच थियो ।

    सन् २०२२ को फेब्रुअरीमा अमेरिकी नागरिक बन्ने प्रक्रियाबाट गुज्रिरहेका बेला चिनियाँ एजेन्टले उनलाई सम्पर्क गरेका थिए । चिनियाँ एजेन्टले जहाजको फोटो, भिडियो र ब्लुप्रिन्टका लागि वेईलाई हजारौँ डलर तिरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार