Online Nepal
  • शनिबार, १० साउन २०८२
  • आज सरकारविरुद्ध बानेश्वरमा प्रदर्शन गर्दै युवा संघ

    आज सरकारविरुद्ध बानेश्वरमा प्रदर्शन गर्दै युवा संघ

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 852
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज गठबन्धन सरकार विरुद्ध प्रदर्शन गर्दैछ ।

    गठबन्धन सरकारका गलत कदम विरुद्ध युवा संघले आज अपरान्ह ४ बजे काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको हो ।



    सुन तस्करी, सहकारी पीडितको माग सम्बोधन नगरेको, गाई भैँसीमा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान नदिएको, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन युवा संघले प्रदर्शन गर्न लागेको जनाएको छ ।

    सय किलो सुन तस्करी काण्डका प्रमुख व्यक्तिलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदूरलाई मात्रै समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार