Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आज सरकारविरुद्ध बानेश्वरमा प्रदर्शन गर्दै युवा संघ

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज गठबन्धन सरकार विरुद्ध प्रदर्शन गर्दैछ ।

गठबन्धन सरकारका गलत कदम विरुद्ध युवा संघले आज अपरान्ह ४ बजे काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको हो ।

सुन तस्करी, सहकारी पीडितको माग सम्बोधन नगरेको, गाई भैँसीमा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान नदिएको, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन युवा संघले प्रदर्शन गर्न लागेको जनाएको छ ।

सय किलो सुन तस्करी काण्डका प्रमुख व्यक्तिलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदूरलाई मात्रै समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077