Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरभित्रै एक महिलाको शव फेला, हत्याको आशंका

रुकुमपश्चिम । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेमा एक महिलाको शव फेला परेको छ । स्थानीय ५२ वर्षीया हस्तकली बुढाथोकीको आफ्नै घरमा शव भेटिएको हो ।

बुढाथोकीको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको आशङ्का रहेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार बुढोथोकी घरमा एक्लै बस्दै आएकी थिइन् ।

शुक्रबार राति नेपालगञ्जबाट आएकी उनकी भदैनीको फोन नउठेपछि स्थानीयलाई सोधपुछ गरेको र शंकास्पद लागेर उनको सुत्ने कोठाको ताला फोड्दा कोठा भित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घरमा रहेका सबै कोठाहरु ताला लगाइएको अवस्थामा बुढाथोकी मृत अवस्थामा भेटिएकाले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077