Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुहिएको अवस्थामा महिलाको शव भेटियो

जनकपुरधाम । धनुषामा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका वडा नं. ५ स्थित औरहीथान सामुदायिक वन जलदले खोलाको डाडामा शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय, ढल्केवरका अनुसार तत्काल नामथर वतन नखुलेको अन्दाजी ३५/३६ वर्षीया महिलाको लास सडिगली औंसा परी चिन्न नसकिने अवस्थामा रहेको छ ।

शवको पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077