Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यो सरकारले जनताको पक्षमा काम गर्न सकेन : नैनसिंह महर

धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताएका छन् ।

कांग्रेसले चलाएको आन्तरिक विशेष अभियान अन्तर्गत धनुषामा खटिएका महरले यस्तो बताएएका हुन् ।

वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको महरको आरोप छ ।

महरले गठबन्धनको साझा अवधारणा अनुरूप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए ।

उनले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताए ।

सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दबाब दिनु आवश्यक रहेको महरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077