Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपा एसलाई एमालेमा समाहित गर्न माधवलाई शंकर पोखरेलको सुझाव

सिन्धुपाल्चोक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्न अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिएका छन् ।

सिन्धुपाल्चोकको चौतारामा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले माधवलाई यस्तो सुझाव दिएका हुन् ।

उनले एमाले फुटाएर नयाँ दल बनाउनुको औचित्य एजेन्डा र जनमतले समेत पुष्टि नगरेको भन्दै २०५४ सालमा बामदेव गौतमले झैँ निर्णय लिन माधव नेपाललाई सुझाव दिए ।

एमाले फुटाएर माले बनाएपछि २०५४ सालको चुनावमा पत्ता साप भएपछि गौतमले आफू नेतृत्वको पार्टी एमालेमै समाहित गराएको स्मरण गर्दै महासचिव पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पनि एमालेमै समाहित हुन उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077