Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री रेखा भन्छिन् - सरकार कमजोर हुने सम्भावना देखेका छैनौँ

काठमाडौं । सुञ्चार, सूचना तथा प्रविधि मन्त्री तथा सरकारको प्रवक्ता रेखा शर्माले सरकार कमजोर हुने सम्भावना नरहेको बताएकी छिन् ।

शनिबार माओवादी केन्द्रको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा शर्माले जनताको पक्षमा उभिँदा सरकार कमजोर हुने सम्भावना नरहेको बताएकी हुन् ।

उनले सरकार कति दिन रहन्छ भन्नेमा आफूहरुको सरोकार नरहेको बताइन् ।

सरकार दुई वा तीन दिन रहे पनि आफूहरुले दृढतापूर्वक काम गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077