Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • साढे ४ अर्ब नाघ्यो एनआईसी एशिया बैंकको खुद नाफा

    साढे ४ अर्ब नाघ्यो एनआईसी एशिया बैंकको खुद नाफा

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 438
    SHARES

    काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७९/०८० मा ४ अर्ब ६५ करोड रुपैयाँ बढी खुद नाफा गरेको छ।

    यो नाफा अघिल्लो आव २०७८/०७९ को भन्दा १० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ४ अर्ब २१ करोड रुपैयाँ खुद रुपैयाँ नाफा कमाएको थियो।



    एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।



    बैंकको वितरण योग्य नाफामा पनि केही बढेको छ। योग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । अघिल्लो आवको असार मसान्तससम्मको वितरण योग्य मुनाफा ३ अर्ब ४२ करोड रुपैयाँ थियो। यसैगरी प्रतिसेयर नेटवर्थ पनि ३८.८९ रुपैयाँले बढेको छ।

    असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । बैंकले सो अवधिसम्ममा कर्जा व्यवसायतर्फ कूल कर्जा २ खर्ब ७१ अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब १४ अर्ब रुपैयाँ पुर्‍याएको छ ।

    निष्कृय कर्जा अनुपातलाई ०.८० प्रतिशतमा सीमित रहेको छ। बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ।

    बैंकले आव२०७९/८० मा ६ लाख बढी नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी बनाएको छ। बैंकको ३६० शाखा कार्यालयहरू, ५५९ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार