Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय नागरिकले तराईबाट नेपाली नागरिकता पाइरहेका छन् : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विगतमा नागरिकता वितरणमा भएका अनियमितताको छानवीन गर्नु पर्ने बताएका छन् ।

पार्टीको बैठकमा छुट्टै १६ पेजको लिखित दस्तावेजमा प्रस्तुत गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

नेता खनालले विगतमा नागरिकता वितरणमा भएका अनियमितताको छानवीन गर्न र गैर नागरिकको नागरिकता रद्द गर्न एउटा उच्चस्तरको शक्तिशाली छानवीन समिति बनाउनुपर्ने बताए।

नेता खनालले भने, ‘राजनीतिक स्वार्थ र गुट स्वार्थबाट प्रेरित भएर बनाइएका सबै नागरिकता सम्बन्धि ऐनहरु खारेज गरौं र राष्ट्रिय हितलाई सर्वोपरि राखेर दिगो र दिर्घकालिन आधारमा नयाँ नागरिकता कानुन बनाऔँ।’

खनालले यो कटअफ वर्ष बनाउने राष्ट्रघाति कामलाई सदाका निम्ति बन्द गराउनुपर्ने बताए। उनले नेपालको जनसांख्यिक अतिक्रमणलाई पनि गम्भीर रुपमा लिनुपर्ने धारणा राखे।

उनले कटअफ वर्षपिच्छे भारतीय मुलकका मानिसहरुले नेपाली नागरिकता लिनु सरासर राष्ट्रिय हित विपरितको कार्य भएको टिप्पणी गरे।

वास्तविक तराई मुलका नेपाली प्रत्येकले नागरिकता पाउनुपर्ने भएपनि मुलका नाउँमा भारतीय नागरिकहरुले नेपाली नागरिकता लिने प्रकृया जारी रहेको बताउँदै खनालले नेपालको राष्ट्रियतामाथि गम्भिर खतरा भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077