Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

झापा कारागारका चौकीदार शिवाकोटी र शेर्पाको सरूवा

झापा । झापा जिल्ला कारागारका चौकीदार लयप्रसाद शिवाकोटी र पूर्वभाइ चौकीदार पासाङ शेर्पाको अन्यत्र सरूवा गरिएको छ ।

कारागार प्रशासनले भाइ चौकीदार मनोज लावतीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा शुक्रबार उनका पक्षका कैदीबन्दीहरू आन्दोलित बन्दै आगजानी र ढुंगामुढा गर्दा तनावग्रस्त बनेको थियो ।

कारागारको तनावपूर्णस्थित तत्काल नियन्त्रणमा लिनलाई लावतीलाई सरूवा नगर्ने आदेश आएपछि आन्दोलन शान्त बनेको थियो । आन्दोलनपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कैदीबन्दीसँग वार्ता गरेका थिए ।

चौकीदार शिवाकोटी र शेर्पालाई सरूवा गर्ने सहमति भएपछि आज उनीहरूलाई सरुवा गरिएको हो। सोही माग बमोजिम चौकीदार शिवाकोटी र शेर्पालाई आइतबार दिउँसो यहाँबाट पठाइएको छ ।

कारागार व्यवस्था विभागको आदेश बमोजिम शिवाकोटीलाई झुम्का कारागार र शेर्पालाई केन्द्रीय कारागार काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077