Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महिला संघको देशभर समानान्तर समिति बनाउने संस्थापन पक्षको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघका शेखर कोइराला पक्षधर महिला नेताहरूले अध्यक्ष उषा राउत मिश्रले विधानविपरीत १२ जिल्लाका निर्वाचित समिति भंग गरेको भन्दै असहमति जनाएका छन् ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी शेखर कोइराला पक्षधर महिला नेताहरूले विधानविपरीत १२ जिल्लाका निर्वाचित समिति भंग गरेको भन्दै असहमति जनाएका हुन् ।

संस्थापनईतरका २० केन्द्रीय सदस्यले सोमबार पत्रकार सम्मेलन गरेर निर्णय सच्याउन चेतावनी दिएका छन् । ३ दिन भित्र निर्णय नसच्याए देशभर समानान्तर समिति बनाउने र २० जना केन्द्रीय सदस्यले सामूहिक राजनीनामा दिने चेतावनी दिए ।

स्पष्टीकरणको अवसर समेत नदिई जिल्ला अध्यक्ष तोकिनु लोकतान्त्रिक पद्धतिको उपहास भएको विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष मिश्रले सोलुखोम्बुमा छिल्हामु शेर्पा, बारमा सीता मैनाली, पर्सामा विद्या श्रेष्ठ, सिरहामा विमला निरौला, ताप्लेजुङमा मीना गुरुङ, इलाममा निर्मला सञ्जेल, महोत्तरीमा विना तिवारी, रौतहटमा भुवनी गिरी, कास्कीमा कोपिला रानाभाट, झापामा सुशीला ढकाल र हुम्लामा विजया बुढालाई हटाएर नयाँ अध्यक्ष बनाएकी थिइन् ।

अध्यक्ष मिश्रले गरेको निर्णयको विरोधमा सभापति, उपसभापति महामन्त्री, सहमहामन्त्री र पदाधिकारीलाई ध्यानाकर्षण गराइएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077