Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रशासकीय अधिकृतलाई हातपात गर्ने वडाध्यक्ष २५ हजार धरौटीमा रिहा

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्ष दौलत कार्की धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले कार्कीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गएको असार १४ गते प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएका थिए ।

प्रहरीले यो मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेपछि प्रशासनले असार १५ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको झन्डै डेढ महिनापछि वडाध्यक्ष कार्कीले हिजो आइतवार जिल्ला प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077