Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपराष्ट्रपति यादवको पहिलो विदेश भ्रमण चीनबाट

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादव चीन भ्रमणमा जाने भएका छन् ।

उपराष्ट्रपति यादव ‘चाइना– साउथ एसिया एक्सपो’ मा सहभागी हुन अर्को साता युनान प्रदेशको कुनमिङ् जाने भएका हुन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो । चीन भ्रमण गरेर उपराष्ट्रपति यादवले आफ्नो विदेश भ्रमण सुरु गर्ने भएका छन्।

उपराष्ट्रपति यादव साउन २९ मा कुनमिङ् जाने भएका हुन् । उक्त एक्सपो अगस्ट १६ देखि २० सम्म चल्ने छ ।

उक्त एक्सपोको मुख्य उद्देश्य चीन र दक्षिण एसियाली मुलुकहरूको सहकार्य र एकता कायम गरी विकासमा अघि बढनु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077