Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सिरहामा स्टेशनरीका होलसेल व्यवसायीको शव फेला

सिरहा । सिरहामा स्टेशनरीका होलसेल व्यवसायीको शव भेटिएको छ ।

मिर्चैया नगरपालिका-५ कटारी चोकस्थित होटल शम्भु होटेल पछाडि विराटनगरस्थित पाथीभरा कापी उद्योगका संचालक सिद्धान्त भट्टराईको शव भेटिएको हो ।

होटलको पछाडि शौचालय नजिक मृत अवस्थामा भेटिएका मृतक भट्टराई विराटनगर महानगरपालिका १० का बासिन्दा हुन् ।

शव पोष्टमार्टमका लागि पठाएपछि होटलमा जडान गरिएको सिसि क्यामेराको फुटेज, घटनास्थलको आधारमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

शम्भु होटलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथिपट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077