Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघका दुई समूहको नाराबाजी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नाराबाजी गरेका छन्।

दुजाङ शेर्पा नेतृत्वको नेविसंघ संस्थापन पक्ष र नेविसंघ असन्तुष्ट पक्षबीच बुधबार दिउँसो नाराबाजी भएको हो। सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी नेविसंघ ७१० सदस्यीय मनोनीत गरेका थिए।

असन्तुष्ट पक्षले सानेपामा बुधबार समानान्तर समिति गठन गर्न विद्यार्थी भेला गरेपछि दुई समूहले नाराबाजी गरेका हुन्। कांग्रेस कार्यालय सानेपामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रहरी परिचालन गरेर उनीहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएको छ । कमिटी विस्तारको विरोध भएपछि नेविसंघ अध्यक्ष दुजाङ शेर्पा समर्थक विद्यार्थीहरू सानेपा पुगेर प्रतिवादमा उत्रिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077