Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उपराष्ट्रपति यादव अर्को साता चीन भ्रमणमा जाने

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादव अर्को साता चीन भ्रमणमा जाने भएका छन् ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको हो ।

उपराष्ट्रपति यादव ३१ साउनदेखि ३ भदौसम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसन सहभागी हुने छन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो ।

चीन भ्रमण गरेर उपराष्ट्रपति यादवले आफ्नो विदेश भ्रमण सुरु गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077