Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

संसद अवरोधको जिम्मा सरकारले नै लिनुपर्छ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले संसद अवरोधको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । संसद अवरोधको जिम्मा सरकारले नै लिनुपर्ने उनको तर्क छ।

सांसद शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाए ।

उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिनेकुरामा कसैको हानी नहुने बताए । उनले राजश्व अनुसन्धान र सिआईबीले मात्रै अनुसन्धानको निस्कर्ष निकाल्न नसक्ने बताए ।

सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने उनको भनाइ छ । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा माओवादी केन्द्रका सांसदहरु नै नमानेको र ढिलो चाँडो उच्चस्तरी समिति बनाउन माओवादी तयार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077