Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानका राष्ट्रपति आरिफले गरे संसद् विघटन

एजेन्सी । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रियसभा भंग गरेका छन् । राष्ट्रपति आरिफले संविधानको धारा ५८–१ बमोजिम संसद् विघटन गरेका हुन्।

राष्ट्रिय सभा विघटनसँगै प्रधानमन्त्रीको मन्त्रिपरिषद् पनि विघटन भएको छ तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री शहबाज सरिफ पदमा रहनेछन् ।

संसद् विघटनपछि तीन दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन हुनेछ । राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाजले नाम छनोट गर्न बिहीबार प्रधानमन्त्री शाहबाज सरिफसँग भेट गर्नेछन् ।

पाकिस्तानी संसदको कार्यकाल अगस्ट १२ मा सकिँदै थियो तर तीन दिनअघि नै संसद भंग गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077