काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नेता कार्यकर्ताले पार्टी विधि पद्धतिमा हिँड्नुपर्ने बताएका छन् ।
कांग्रेस काठमाडौं-१ मा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । नेता सिंहले अहिलेको प्रतिस्पर्धी अवस्था अनुरुप पार्टी संगठन बनाउनुपर्ने बताए ।
कांग्रेसले गरेका राम्रा कामको प्रचार–प्रसारमा लाग्नुपर्ने नेता सिंहको भनाई छ ।
नेता सिंहले भने, ‘कांग्रेसले जनतालाई गुमेको अधिकार फिर्ता ल्यार दिलाएको छ । परिवर्तनको नेतृत्व गरेको छ । विकासको नेतृत्व गरेको छ तर आफूले गरेकाका काम जनतालाई अनुभूत हुने गरी बुझाउन सकेको छैन । कांग्रेस कमजोर हुँदा देशको बलियो हुन सक्दैन ।’
नेता सिहले कांग्रेसका गतिविधि खर्चिलो हुनथाले को भन्दै यसमा पनि सुधार ल्याउनुपर्ने बताए । पार्टीभित्र मतभेद हुनु स्वभाविक भए पनि एक अर्कोलाई दोष लगाएर कोही बलियो हुन नसक्ने उनको भनाइ छ ।
चित नबुझेको बोल्नु पाइएपनि सार्वजनिक रुपमा वादविवाद गरिँदा पार्टीलाई अहित हुने भन्दै उनले त्यसमा ख्याल राख्न समेत आग्रह गरे ।