Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नवलपरासीमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा ७ प्रहरी घाइते

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-९ बेलाटारीमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ ।

स्कुल र क्याम्पस सञ्चालनको विषयलाई लिएर गाउँपालिका घेर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

झडप हुँदा ७ प्रहरी र २३ जना विद्यार्थी घाइते भएका छन्।

बेलाटारी माध्यमिक विद्यालय र त्रिभुवन क्याम्पसबीच भवनको विवादका कारण विद्यार्थी तोडफोडमा उत्रिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन ५ राउन्ड अश्रु ग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077