Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेसका सांसद सुनिल शर्मा निवासबाटै पक्राउ

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शर्मालाई निवासबाटै  पक्राउ गरेको हो।

सांसद शर्माले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न माग गरेका थिए।

सांसद शर्माले साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका थिए ।

शर्मा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सांसद शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077