Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिवि शिक्षण अस्पतालका डाक्टरसहित तीनजना पक्राउ, सीआईबीको अपरेसन जारी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिवि शिक्षण अस्पतालका डाक्टरलाई पक्राउ गरेको छ । सीआईबीले नक्कली डाक्टरमाथि चलाएको अपरेसन अन्तर्गत त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी पक्राउ परेका हुन् ।

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपरेसन ‘फोस्कट्रोट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा यसअघि प्रतिनिधिसभाका सांसद सुनिल शर्मा पक्राउ परिसकेका छन् ।

अपरेसन अहिले पनि जारी रहेको बताइएको छ । जसक्रममा थप दुई जना डाक्टरलाई पनि पक्राउ गरिएको स्रोतले बतायो ।

स्रोतका अनुसार पक्राउ पर्नेहरूमा बारा घर भएका त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी, महोत्तरी घर भएका डाक्टर रञ्जितकुमार यादवसहितका व्यक्तिहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077