Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनिल शर्मा पक्राउ परेपछि कांग्रेस सभापति देउवा असन्तुष्ट

    सुनिल शर्मा पक्राउ परेपछि कांग्रेस सभापति देउवा असन्तुष्ट

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे बालुवाटार

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले पक्राउ गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असन्तुष्ट बनेका छन् ।

    मोरङ क्षेत्र नम्बर–३ बाट निर्वाचित कांग्रेसका सांसद शर्मालाई सिआईबीले बिहीबार शैक्षिक प्रमाण पत्र कीर्ते गरेको कसूरमा पक्राउ गरेको थियो । सांसद शर्मालाई पक्राउ गरेपछि सभापति देउवा असन्तुिष्ट व्यक्त गर्दै बालुवाटार पुगेका हुन् ।



    धुम्बाराहीस्थित निवासमा कांग्रेस नेताहरूसँग आन्तरिक छलफल गरेलगत्तै सभापति देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । आन्तरिक छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको आलोचनासमेत भएको बुझिएको छ ।



    यसअघि सांसद शर्माले प्रतिनिधिसभा बैठकमा बोल्दै एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न माग गरेका थिए । उनले यही साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य नाइके पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार