Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यी हुन् शुक्रबार बस्ने कांग्रेस संसदीय दल बैठकका एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार दिउँसो बस्ने संसदीय दल बैठकका एजेन्डा तय गरेको छ ।

बिहीबार साँझ पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको दलको कार्य समिति बैठकले शुक्रबार बस्ने बैठकका लागि एजेण्डा तय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखक भोली बस्ने बैठकका लागि एजेण्डा तय गरिएको जानकारी दिए ।

बैठकले संसद्को अवरोध हटाउने, बजेटको प्रभावकारी कार्यान्वयनको सन्दर्भ, संसद्‍मा विचाराधीन विधेयक र नयाँ ल्याउनुपर्ने विधेयकलगायत विषय एजेन्डाको रूपमा तय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077