Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस सांसदहरुको आरोप - सुनकाण्डको छानबिन डाइभर्ट गर्न सरकारले सुनिललाई पक्राउ गर्‍यो

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसदहरुले पार्टीका सांसद सुनिल शर्मालाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताएका छन् ।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको आरोप लगाएका हुन् । सांसदहरूले धेरै विकृति भएको देशमा नचाहिने विषयमा राज्यले प्रतिशोध साँध्न नहुने बताएका छन् ।

बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले भने, ‘सुनिल शर्माजीको विषयमा अहिले हामी पनि खोजी गरिरहेका छौँ । जुन आरोप लगाइएको छ, त्यो आधारमा यो ढंगले पक्राउ गर्नुपर्ने हो कि होइन ? उहाँले त सुन तस्करीका विषयमा कुरा उठाइरहनुभएको थियो, कतै त्यही कुरालाई प्रतिशोध राखेर तर्साउने प्रयास भएको त होइन भन्ने प्रश्न उठेको छ ।’

सांसद पौडेलले सरकारले असल नियतले भ्रष्टाचारको फाइल खोल्दा त्यसमा सबै दलको समर्थन हुनुपर्ने बताए । उनले सबै भ्रष्टाचारका काण्डहरूको छानबिन हुनपर्ने तर सरकारले निष्पक्षता कायम राखेर छानबिन गर्न सक्नुपर्ने बताए ।

उनले कांग्रेस सुन तस्करीका विषयमा समेत छानबिन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । उनले सांसदहरूकै संलग्नतामा अलग्गै समिति बनाउनुभन्दा संसद्मा पहिल्यैदेखि रहेका संसदीय समितिहरूमाार्फत छानबिन अघि बढाउनुपर्ने बताए ।

त्यस्तै,अर्का सांसद अर्जुननरसिंह केसीले सुन तस्करीको छानबिनलाई डाइभर्ट गर्न सरकारले त्यसबारे आवाज उठाइरहेका सांसद शर्मालाई पक्राउ गरेको आरोप लगाए । उनले सुन तस्करीका विषयमा मन्त्रीहरूको कनेक्सनबारे बोल्दा शर्मालाई समातिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077