Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कपन खोलाको स्ल्याबमाथि मेयर बालेनले चलाए डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ ।

काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो ।

काठमाडौं महानगर-७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भइरहेको छ ।

हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अवैध संरचनामाथि आक्रमक बन्दै गएका छन् ।

आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि खोला खोल्ने सहमति भएपछि डोजर चलाएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077