Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रभु साहले भने - जसपा गौर घटनाका दोषीलाई बचाउने खेलमा लाग्यो

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जसपा गौर हत्याकाण्डका दोषीलाई बचाउने खेलमा लागेको आरोप लगाएका छन् ।

गौर घटनाको विषयमा जसपाले आयोजना गरेको पत्रकार सम्मेलन पछि अध्यक्ष साहले यस्तो बताएका हुन् । अध्यक्ष साहले गौर हत्याकाण्डको छानबिनलाई प्रभावित पार्न जसपाले फेरि नयाँ खेल शुरू गरेको आरोप लगाए ।

विज्ञप्तिमा गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमतिले वर्षौदेखि ओझेलमा रहेको गौर हत्याकाण्डको छानबिन सुनिश्चित भएको र त्यसलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले विभिन्न बाहना, जालझेल एवं षड्यन्त्रपूर्ण धम्की दिएको उल्लेख छ ।

घटनालगतै पुनरावेदनका बहालवाला न्यायाधीशको नेतृत्वमा बनेको उच्चस्तरीय आयोग र मानवधिकार आयोगको दिएको प्रतिवेदनलाई अस्वीकार गरेर संसदीय छानबिन समिति गठनको माग गर्ने जसपाको जनता झुक्याउने खेल भएको आरोप अध्यक्ष साहले लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077