Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

संसद् सुचारु गर्न प्रतिपक्षी दल तयार हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्वादमार्फत् संसद् सुचारु गर्न प्रतिपक्षी दल तयार हुनुपर्ने बताएका छन् ।

आज काठमाडौंमा कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

नेता सिंहले निरन्तर संसद् अवरुद्ध हुनु उचित नभएको बताए । गठबन्धन र ठूलो दलको हैसियतले कांग्रेसले नै अगुवाइ गरेर गतिरोध अन्तको पहल थाल्नु पर्ने उनको भनाइ छ ।

प्रतिपक्षीले उठाएको मुद्दा छलफलबाटै टुंगो लगाउनुको विकल्प नभएको नेता सिंहको भनाई छ ।

सुन प्रकरणको केन्द्रीइ अनुसन्धन ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको भन्दै आउने नतिजामा चित्त नबुझे थप छलफलका लागि एमाले तयार हुनुपर्ने उनले बताए ।

करिब सय किलो सुन प्रकणको छानबिनका लागि उच्च स्तरीय समिति बनाउन माग गर्दै एमालेले दुई सातादेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077