Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनले भने - विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखियो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको बताएका छन् ।

शनिबार बुक फ्रि फ्राइडे कार्यक्रमका गतिविधिबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर बालेनले यस्तो बताएका हुन् ।

मेयर बालेनले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरुमा प्राविधिक विषयको सिकाइप्रति उत्साह देखिएको बताए।

मेयर बालेनले भने, ‘सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको हो ।’

महानगरपालिकाले शुक्रबार बुक फ्रि फ्राइडे कार्यक्रम अन्तर्गत काठमाडौँका भानु माध्यामिका विद्यालय र पद्मोदय माध्यामिक विद्यालयमा प्रावधिक विषयको सिकाइबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077