Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानका कार्यवाहक सचिव पाठकमाथि छ्यापियो मोबिल

मकवानपुर । नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्यापिएको छ।

हेटौंडामा जिल्लाको आठौं साधरणसभा सकेर खाना खाने क्रमामा सचिव पाठक माथि कालो पदार्थ छ्यापिएको हो ।

स्कुटरमा आएका दुई जनाले पाठक खाना आइरहेको बेलामा मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनापछि प्रहरी कार्यालयमा पाठकले निवेदन समेत दिएका छन्। प्रहरीले फुटेजको आधारमा उनीहरूको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077