काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारमा बसिरहन जरुरी नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।
सरकारले नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरेकामा असन्तुष्टि व्यक्त गरे । आफ्नो पार्टीनिकट सो महासंघलाई राखेपमा किन समावेश नगरेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्न समेत गरे ।
उनले महासंघलाई तत्काल राखेपमा समावेश नगरे आफ्नो पार्टी सरकारमा बसिरहन जरुरी नभएको बताए ।
समाजवादतर्फको यात्रालाई सुनिश्चित गर्ने गरी संगठन विस्तार गर्न खेलकुद क्षेत्रमा आबद्ध पार्टीका नेता–कार्यकर्तालाई उनले निर्देशन पनि दिए ।