Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्षसम्म पनि वृद्धि नहुनु दु:खद : शंकर पोखरेल

    श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्षसम्म पनि वृद्धि नहुनु दु:खद : शंकर पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 777
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको बताएका छन् ।

    भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को दशौँ प्रतिनिधि परिषद्को उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



    यही साउन १ गतेदेखि नै लागू भइसक्नुपर्ने न्यूनतम् ज्याला साउनको अन्तिम सातासम्म पनि सरकारबाट तय हुन नसकेकामा दुःख व्यक्त गरे ।



    सरकारको श्रमिक नीतिमा रहेको समस्याका कारण प्रत्येक वर्ष साढे सात लाख श्रमिक रोजगारीका लागि विदेशिनुपरेको उल्लेख गर्दै उनले अवैधानिक पुँजीलाई प्रश्रय दिनु र वैधानिक पुँजीलाई निरुत्साहित गरिनुले समृद्धि हासिल नहुने जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार