Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महासचिव पोखरेलको आरोप – सरकारकै डिजाइनमा सुनको धन्दा चलेको छ

    महासचिव पोखरेलको आरोप – सरकारकै डिजाइनमा सुनको धन्दा चलेको छ

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 702
    SHARES

    सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाएका छन् ।

    आज बिहान वीरेन्द्रनगरमा पत्रकारसँग कफी र कुरा अन्तरक्रिया‌ कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।



    उनले सुनको धन्दा सरकारले नै गर्छ भन्ने कुरा प्रस्ट भएको दाबी गरे । उनले प्रश्न गर्दै भने, ‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? ललिता निवासको‌ अनुसन्धान हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने ?’



    यी सबै काम सरकारकै डिजाइनमा भएकोले एमालेले संसद् अवरुद्ध गरेको उनको भनाई छ । संसद् बैठक साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमाले ले सदन अवरुद्ध गर्दै आएको छ ।

    सरकार सीआईबीले छानबिन गरिरहेको भन्दै राज्यको संयन्त्रमा विश्वास गर्नुपर्ने तथा उच्चस्तरी छानबिन समिति गठन गर्न नसक्ने अडानमा छ । तर, एमाले भने समिति नबनेसम्म सदन चलाउन नदिने भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार