Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसद्धारा ‘पोलिसी ह्याकाथन’ कार्यक्रमको घोषणा, विजेतालाई तीन लाख

काठमाडौं । नेपाली कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रमको घोषणा गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले नेपाली युवाले सामना गरिरहेका चुनौती र आवश्यकतालाई सम्बोधन गर्ने नीति तयार पार्न पोलिसी ह्याकाथनको घोषणा गरेको हो ।

प्रतियोगितामा नीतिविज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थीलगायत ४० वर्ष उमेरसम्मका नेपाली नागरिकले भाग लिन पाउने कांग्रेसका सहमहामन्त्री जीवन परियारले जनकारी दिए ।

प्रतियोगितामा पहिलो हुनेले तीन लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077